काठमाडौं - राजु अर्याल र अन्नु चौधरीको स्वर रहेको नयाँ गीत ‘बाज’ सार्वजनिक गरिएको छ ।
बसन्त विश्वकर्माको शब्द र कृष्ण बाजुरालीको संगीत रहेको भिडियोमा श्याम श्वेत रसाइलीको मिक्सिङ छ । गीतको भिडियोमा कमल भक्त र बर्षा भण्डाराको प्रेमलाई देखाइएको छ । गाउँको परिवेशमा हुर्किएका एक युवा आफ्नो प्रेमलाई छाडेर परदेशमा जानुपर्दाको पिडा भिडियोमा कथा बनाइएको छ ।
भिडियोमा दिलिप सिंह, प्रज्जवल अधिकारी र प्रेम भण्डाराको अभिनय देख्न सकिन्छ । भिडियोमा कथा र निर्देशन कमल भक्तकै छ । अभिय चौधरीको छायाङ्कन रहेको भिडियोमा नविन घर्ती मगरको सम्पादन छ ।
प्रतिक्रिया