सलमान र कट्रीनको ‘भारत’ बुधबार नै रिलिज हुने

मंगलबार, २१ जेठ २०७६, १० : ५६

काठमाडौं – नेपालमा अब फेरि हिन्दी फिल्म  ‘भारत’ बुधबार रिलिज हुने भएको छ । 

चलचित्र बिकाश बोर्डले हिन्दी चलचित्र बुधबार रिलिज गर्न नपाउने केही समय अगाडि गरेको निर्णय काठमाडौ जिल्ला अदालतले अन्तरिम आदेश मार्फत उल्टाएको हो ।

चलचित्र बिकाश बोर्ड अध्यक्षमा चलचित्रकर्मी केसब भट्टराई नियुक्त भएपछि गरिएको यो पहिलो निर्णय थियो । जसको स्वागत सम्पुर्ण नेपाली चलचित्रकर्मीले गरेका थिए । 

फिल्म ‘भारत’ इद उल फितरको अवसर पारेर बुधबार रिलिज हुन लागेको हो । बोर्ड बलिउड फिल्म पनि नेपाली फिल्म जस्तै शुक्रबार मात्र रिलिज गर्न पाइने गरेको थियो । तर नेपाल वितरक कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले बुधबार नै ‘भारत’ नेपाल रिलिज गर्न पाउनु पर्ने भन्दै बोर्डको निर्णय विरुद्ध दिएको रिटमा अदालतले अन्तरिम आदेश जारी गर्दै फुकुवा गरेको हो । 
अदालतले आन्तरिम आदेशमा स्वतन्त्र व्यवसाय माथि हस्तक्षेप नगर्न समेत चलचित्र विकास बोर्डलाई सचेत गराएको छ । बोडको निर्णयका कारण  फिल्म ‘कलंक’को बुधबार नेपाल रिलिज रोकिएको थियो ।

मंगलबार, २१ जेठ २०७६, १० : ५६

प्रतिक्रिया