काठमाडौं - फिल्म ‘दुःखी आत्मा’को नयाँ गीतको छायांकन गरिएको छ । भक्तपुर दरबार स्क्वायर परिसरमा यो फिल्मको एक रोमान्टिक गीतको छायांकन गरिएको हो ।
यो गीतको भिडियोमा नायक दयाहाङ राई र नायिका आँचल शर्मालाई फिचरिङ गरिएको छ । केही दिनमै गीतको भिडियो सार्वजनिक गर्ने तयारी निर्माण पक्षको छ । फागुनको २ गतेबाट रिलिजमा आउन लागेको यो फिल्मलाई दीपेन्द्र लामाले लेखन तथा निर्देशन गरेका हुन् ।
यो गीतको भिडियोलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका हुन् । गीतमा केतन क्षेत्रीको संगीत, इश्वर कार्कीको शब्द तथा कम्पोज छ । आलोक शुक्लाको छायांकन रहेको यो फिल्मलाई हिमाल कडरियाले निर्माण गरेका हुन् । सुदिप ढकाल कार्यकारी निर्माता रहेको फिल्ममा निमेष श्रेष्ठको सम्पादन छ ।
सामाजिक संजाल टिकटकमा यो फिल्मको ‘ब्रेकअप कविता’ भाइरल भइरहेको छ । फिल्ममा अनुप विक्रम शाही, बुद्धि तामाङ लगायतका कलाकारहरूको पनि अभिनय छ ।
प्रतिक्रिया