इन्डाेनेसियामा छुट्टी मनाउँदै अभिनेत्री वाहबिज दोराबजी

मंगलबार, २१ जेठ २०७६, १२ : ४७

भारतीय टेलिभिजन सिरियल ‘बहु हमारी रजनीकान्त’मा म्यागी ज्ञान कान्तको भूमिका निभाएकी अभिनेत्री वाहबिज दोराबजी हालै इन्डोनेसियामा बिदा मनाएर फर्किएकी छन् ।

उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा आफ्ना केही तस्बिर सार्वजनिक गरेकी छन् । जहाँ उनी कालो बिकिनीमा देखिएकी छन् । जसमा उनी ज्यादै बोल्ड देखिएकी छन् ।

स्विमिङ पोसाकमा उनी गर्मी मौसमलाई समेत मात दिइरहेकी देखिन्छिन् । अर्को फोटोको क्याप्सनमा लेखेकी छन्, ‘तपाईं लहरलाई रोक्न सक्नुहुन्न...तपाईं मात्र यात्रा गर्न सिक्न सक्नुहुन्छ ।’

वाहबिजले हरेक स्थानमा पुगेर इन्स्टाग्राममा बोल्ड तस्बिरहरु सेयर गर्ने गर्छिन् । वाहबिजले ‘प्यार कि एक कहानी’, ‘सावित्री’, ‘सरस्वतीचन्द्र’, ‘बहु हमारी रजनीकान्त’ जस्ता सिरियलमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी छन् ।

उनले ‘प्यार कि एक कहानी’ मा सपोर्टिङ भूमिकाका लागि स्टार परिवार अवार्ड प्रदान गरिएको थियो । उनले टिभी अभिनेता विवान डिसेनासँग सन् २०१३ मा विवाह गरेकी थिइन् । तर, सन् २०१७ मा उनीहरुको सम्बन्ध विच्छेद भयो ।

 



 

मंगलबार, २१ जेठ २०७६, १२ : ४७

प्रतिक्रिया