सलमानको ‘भारत’ रिलिज गर्न अन्तरिम आदेश

मंगलबार, २१ जेठ २०७६, १३ : ३८


जिल्ला अदालत काठमाडौंले सलमान खान अभिनित बलिउड चलचित्र ‘भारत’ लाई नेपालमा बुधबार नै रिलिज गर्न चलचित्र विकास बोर्डको नाममा अन्तरिम आदेश दिएको छ ।

अदालतको आदेशपछि अब बुधबार नै भारत नेपालमा रिलिज हुने भएको छ ।

यसअघि बोर्डले शुक्रबार मात्र रिलिज गर्न दिने बताउँदै आएको थियो । बोर्डको निर्णयविरुद्ध वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले रिट दायर गरेको थियो ।

अदालतले स्वतन्त्र व्यवसायमाथि हस्तक्षेप नगर्न समेत चलचित्र विकास बोर्डलाई सचेत तुल्याएको छ ।

अदालतको आदेशपछि अब अन्य समयमा पनि शुक्रबारबाहेक दिनमा चलचित्र रिलिज हुन सक्नेछन् ।

मंगलबार, २१ जेठ २०७६, १३ : ३८

प्रतिक्रिया