फिल्म ‘जुनाः एक व्यथा’को गीत ‘आमाको मुहार’ सार्वजनिक

शुक्रबार, ११ माघ २०८१, १२ : २७

काठमाडौं - यही माघ २५ गतेबाट रिलिज हुने फिल्म ‘जुनाः एक व्यथा’को गीत ‘आमाको मुहार’ सार्वजनिक भएको छ ।

गीतमा यदु राई लकान्द्रीको स्वर, जीवन सेन्चुरीको शब्द र रमेश सन्चुरीको संगीत छ । गीतको भिडियोमा बाल विवाहपछि एक बालिकाको जीवनमा आइपर्ने उतारचढावलाई देखाइएको छ । विवाह गरेर गएपछि श्रीमानले दिने यातना, सासुको क्रुद्ध व्यवहारलाई गीतमा झल्काउन खोजिएको छ । गीत फिल्मकी मुख्य पात्र अस्मिता ढकाल वरपर घुमेको छ ।

भिडियोमा अस्मितासँगै कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मी भट्ट, अनिता बस्नेतलगायतलाई समेटिएको छ । गीत जति मार्मिक छ नै भिडियोले झन् पीडा देखाएको छ । 

गोदावरी फिल्म प्रोडक्सन एण्ड रिसर्च प्रालिको व्यानरमा निर्माण भएको फिल्मका निर्माता दीपकप्रसाद घिमिरे हुन् । फिल्मका निर्देशक जीवन सेञ्चुरी हुन् । फिल्ममा अस्मिता ढकाल, कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मी भट्ट, अनिता बस्नेत, कमल बोहोरा र खगेन्द्र न्यौपानेको अभिनय छ । 

पर्वतको सालिजा ओख्रेनीमा छायांकन गरिएको फिल्म बीबी अनुरागी र रमेश सेञ्चुरीको संगीत, रामेश्वर हुमागाईंको डिओपी छ । फिल्मको वितरण एप्पल इन्टरटेनमेन्ट, रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले मिलेर गर्दै छन् । 
 

 

शुक्रबार, ११ माघ २०८१, १२ : २७

प्रतिक्रिया