६ महिनामा पार्टीका सांसदहरूबाट राप्रपाले साढे ३२ लाख उठायो

शनिबार, १२ माघ २०८१, १६ : १३

काठमाडौं - चालु आर्थिक वर्षको साउनदेखि पुससम्मको ६ महिनाको अवधिमा राप्रपाले पार्टीका सांसदहरूबाट ३२ लाख ५९ हजार रुपैयाँ उठाएको छ । 

जसअनुसार संघीय सांसदबाट १८ लाख ८० हजार रुपैयाँ लेभी उठाइएको छ भने प्रदेश सांसदबाट १५ लाख ७९ हजार रुपैयाँ उठाइएको पार्टीको जारी केन्द्रीय समिति बैठकमा कोषाध्यक्ष नीलकण्ठ काफ्लेले पेस गरेको आर्थिक प्रतिवेदनमा उल्लेख छ । 

राप्रपाले आफ्ना सांसदहरुले पाउने सेवा सुविधाबाट लेभी उठाउँदै आएको छ ।
 

शनिबार, १२ माघ २०८१, १६ : १३

प्रतिक्रिया