नेपाल स्टार्ट अप र साना तथा मझौला सम्मेलन गर्दै कांग्रेस

शनिबार, १२ माघ २०८१, १६ : ४०

काठमाडौं - नेपाली कांग्रेस उद्यमशीलता र साना तथा मझौला व्यवसायी विभागले नेपाल स्टार्ट अप र साना तथा मझौला सम्मेलन गर्ने भएको छ ।

शनिवार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलनमा   आउँदो माघ १६ र १७ गते विभागले नेपाल स्टार्ट अप र साना तथा मझौला सम्मेलन गर्ने जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै विभागकी प्रमुख उर्मिला थपलियाले साना तथा मझौला व्यवसायीहरूका लागि यो सम्मेलन परिचयात्मक कार्यक्रम हुने बताइन् । 

उनले युवाहरूलाई उद्यमशीलतामा प्रोत्साहन गर्न सम्मेलन महत्त्वपूर्ण हुने जानकारी दिइन्।  सम्मेलनमा सबैभन्दा युवाहरूलाई बढी जोडिने उनको भनाई थियो । थापाले सम्मेलनले साना तथा मझौला व्यवसायीका लागि नीति निर्माण गर्न सहज हुने विश्वास व्यक्त गरिन् ।
 

शनिबार, १२ माघ २०८१, १६ : ४०

प्रतिक्रिया