थापा र श्रेष्ठको सहकार्यमा नयाँ गीत ‘जिन्दगीको दियो’ सार्वजनिक

आइतबार, १३ माघ २०८१, १६ : १५

काठमाडौं - बैंकर बलदेव थापाको नयाँ गीत ‘जिन्दगीको दियो’ सार्वजनिक भएको छ । थापाको शब्द रहेको यस गीतमा विश्व कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठको संगीत र स्वर रहेको छ ।

गीतमा राजु कार्कीको संगीत संयोजन रहेको छ । सफल बैंकरको छवि बनाएका थापा साहित्यकार पनि हुन । उनका दर्जनौँ गीत, गजल विभिन्न पत्रपत्रिकामा प्रकाशित भएका छन् । जीवनदर्शन, समय र परिस्थितिलाई गीत गजलमा रूपान्तरण गर्ने क्षमता गीतकार थापासँग छ ।

हाल ज्योति विकास बैंकमा सहायक महाप्रबन्धक रहेका थापा कार्यालयको समय बाहेक गीत, गजल लेख्नमा रुचि राख्दछन् ।गायक, संगीतकार तथा साहित्यकार श्रेष्ठको एक हजार भन्दा बढी गीत र उपन्यास फैरैना बजारमा आएका छन् ।
 

 

आइतबार, १३ माघ २०८१, १६ : १५

प्रतिक्रिया