काठमाडौं - माघ २५ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘‘सारंग’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।
पोस्टरमा ऋचा शर्मा, उत्पल झा लगायत प्रस्तुत गरिएको छ । प्रशान्त तामाङको लेखन, निर्माण अनि निर्देशन रहेको फिल्म बाल मनोविज्ञान, बाल अधिकार, धनी–गरिब परिवारबिचको खाड्लको यथार्थ कथा प्रस्तुत गरिएको बताइएको छ । एक परिवारमा सम्बन्ध विच्छेदले निम्त्याउने कथा फिल्मले भन्छ ।
फिल्ममा ऋचा शर्मा, उत्पल झा, समीरमणि दीक्षित, सुरज तमु, मणि के राई, अनिषा न्यौपाने, निरज ब्ल्याक, विश्व स्याङ्बो, दीपीका थापा, सुमनसागर जंग केसी, प्रभात श्रेष्ठका साथमा बालकलाकारद्वय सम्राट र आदित्य मुख्य भूमिका छ ।
फिल्मको निर्माता प्रेम तामाङ र फूलमाया तामाङ हुन् । दर्शन बुद्धफिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मको सम्पादन मित्र डि गुरुङले गरेका हुन् । फिल्ममा शंकर थापा स्माइल र नकुल कार्कीको संगीत, सुष्मा राईको कोरियोग्राफी छ ।
प्रतिक्रिया