काठमाडौंका सार्वजनिक स्थानमा फोहोर फाल्न निषेध

मंगलबार, १५ माघ २०८१, १५ : ५१

काठमाडौं - काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थानमा फोहोर फाल्ने कार्यलाई कडाइका साथ निषेध गरेको छ। 

महानगरपालिकाले आज एक सार्वजनिक सूचना जारी गर्दै घर, कम्पाउन्ड तथा परिसरको फोहोर सडक, फुटपाथ र अन्य सार्वजनिक स्थानमा फाल्ने, राख्ने वा थुपार्ने कार्य नगर्न आग्रह गरेको हो।

यस्ता कार्यहरु गरेको पाइएमा काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को दफा ५२ ९च० बमोजिम ५ हजार रुपैयाँदेखि १५ हजार रुपैयाँसम्म जरिवाना हुने ब्यहोरा समेत सूचना मार्फत जानकारी गराएको छ ।

महानगरले नगरवासीलाई सफा र स्वच्छ वातावरणको सुनिश्चितताका लागि यस्ता कार्यमा सतर्कता अपनाउन र सहरलाई स्वच्छ राख्न सहयोग गर्न आग्रह गरेको छ ।

मंगलबार, १५ माघ २०८१, १५ : ५१

प्रतिक्रिया