अभिनेता भुवन केसी र अभिनेत्री रिमा विश्वकर्मालाई दर्शकले चलचित्रको पर्दामा देख्न पाउने भएका छन् । यो जोडीलाई चलचित्र ‘मिस्टर नेपाल’ मा देखिनेछ । भुवन मिस्टर नेपालमार्फत ठूलो पर्दामा कम ब्याक गर्दै छन् ।
सोमबारबाट छयांकन सुरु भइसकेको चलचित्रमा भुवन दोहोरो भूमिकामा देखिँदै छन् । ६१ लागेका लागेका भुवनले रिमासँग स्क्रिनमा रोमान्स गर्ने बताइएको छ । उनीहरुले पहिलोपटक स्क्रिन सेयर गर्न लागेका हुन् ।
छोरा अनमोल केसीलाई उनले चलचित्रमा स्थापित गराइसकेका छन् । तर, उनी आफैंचाहिँ अभिनयबाटै टाढा थिए ।
अब आफूभन्दा आधा उमेर कान्छी अभिनेत्री भुवनलाई सुहाउलिन् र रिमा, त्यो त चलचित्र हेरेपछि थाहा हुनेछ ।
देव भुसालले निर्देशन गर्ने चलचित्रमा भुवन र रिमाको अलवा विष्णु सापकोटा, सुरेन्द्र केसी, कमलमणि नेपाल, राजेन्द्र गिरी, अर्जुन खत्री, सन्तोष लामा र नन्दु श्रीवास्तवको मुख्य भूमिका रहनेछ भने डेब्यु कलाकारका रूपमा साहिल श्रेष्ठ र कुसुम राउत देखिनेछन् ।
प्रतिक्रिया