काठमाडौं- चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड ले उल्लेखनीय नाफा कमाएको छ। कम्पनीले ८ करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गर्दै गत वर्षको सोही अवधिको तुलनामा ९४.२१ प्रतिशतको शानदार वृद्धि गरेको छ। गत वर्ष यसै अवधिमा कम्पनीको नाफा ४ करोड १५ लाख रुपैयाँ मात्र थियो।
ब्याज आम्दानीमा पनि मजबुत वृद्धि देखिएको छ। स्वावलम्बन लघुवित्तको खुद ब्याज आम्दानी २०.०२ प्रतिशतले बढेर ८० करोड रुपैयाँ पुगेको छ। त्यस्तै, फि तथा कमिसन खर्च १० करोड ८१ लाख रुपैयाँबाट घट्दै ४ करोड ४० लाख रुपैयाँमा सीमित भएको छ। ब्याज आम्दानी वृद्धि र खर्च कटौतीका कारण कम्पनीको नाफामा उल्लेखनीय सुधार आएको हो।
१ अर्ब ६५ करोड ६६ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा १ अर्ब ७२ करोड ६८ लाख रुपैयाँ सञ्चित छ।
हाल कम्पनीको प्रति शेयर आम्दानी (EPS) ९.७७ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ २१०.४३ रुपैयाँ पुगेको छ। वित्तीय सूचकहरू मजबुत देखिएकोले कम्पनीको आगामी तेस्रो त्रैमासमा पनि राम्रो प्रदर्शन रहने अनुमान गरिएको छ।
प्रतिक्रिया