नेपाली बजारमा सुनचाँदीको मूल्यमा उतारचढाव कायमै, आज कति पुग्यो ?

विहीबार, १७ माघ २०८१, १० : ३३

काठमाडौं- नेपाली बजारमा आज बहुमूल्य धातुहरूमा मिश्रित उतार-चढाव देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्यमा सामान्य गिरावट आएको छ भने चाँदीको भाउ उकालो लागेको छ।

आज छापावाल सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेर १ लाख ६० हजार ५ सय रुपैयाँ कायम भएको छ। हिजो सोही सुन तोलामा १ लाख ६० हजार ६ सय रुपैयाँ मा कारोबार भइरहेको थियो।

चाँदी भने आज झन् चम्किएको छ। तोलामा ३० रुपैयाँको वृद्धि भई १ हजार ८८५ रुपैयाँ पुगेको छ। हिजो मात्र चाँदी १ हजार ८५५ रुपैयाँ मा किनबेच भइरहेको थियो।

सुनचाँदी बजारमा दैनिक उतार-चढाव भइरहने हुँदा लगानीकर्ताले बजारको चालसँगै सचेत रहनु पर्ने व्यवसायीहरू बताउँछन्। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा देखिएको अस्थिरता र विदेशी मुद्रा विनिमय दरमा आएको प्रभावले सुनचाँदीको मूल्यमा उतार-चढाव भइरहेको छ।

विहीबार, १७ माघ २०८१, १० : ३३

प्रतिक्रिया