फिल्म ‘लाज शरणमा’को टिजर सार्वजनिक

विहीबार, १७ माघ २०८१, १६ : २६

काठमाडौं - माघ १६ लाई प्रदर्शन मिति तोकिएको फिल्म ‘लाज शरणमा’को टिजर सार्वजनिक भएको छ । 

चलचित्र ‘लाज शरणमा’ हास्य टेलिश्रृंखला ‘सक्किगोनि’को टिमले बनाएको चलचित्र हो । लेखक, कलाकारदेखि निर्देशकसम्म यो चलचित्रमा ‘सक्किगोनि’ टिमको छ ।

चलचित्रमा सिताराम कट्टेल (धुर्मुस), मुकुन्द श्रेष्ठ, महेश त्रिपाठी, विजय बराल, अपर्ण थापा, रेणू योगी, विजय लामा, माला लिम्बू, ‘सक्किगोनि’ टिमका कलाकार अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिष निरौला (क्रकोज), प्रियाना आचार्य (मुन्नी) कमलमणि नेपाल(खुपीका बाउ) लगायत कलाकार छन् ।

चलचित्रको निर्देशन कुमार कट्टेल ‘जिग्री ब्रो’ले गरेका हुन् । ‘लाज शरणमा’ फागुन १४ गते महाशिवरात्रिको अवसरमा प्रदर्शन हुनेछ । जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको चलचित्रमा नवीन श्रेष्ठ निर्माता, राम नरेश शाह र सृजना खड्का सह–निर्माताको रूपमा रहेका छन् । सिनेमालाई सुदीप बरालले छायांकन गरेका हुन् ।

 

विहीबार, १७ माघ २०८१, १६ : २६

प्रतिक्रिया