काठमाडौं - ‘इन्डो नेपाल सुजन म्युजिक अवार्ड– २०२४’ भारतको राजधानी नयाँ दिल्लीमा सम्पन्न भएको छ ।
लोकसंस्कृतिको जर्गेना गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रममा नेपाल र भारतका दर्जनौँ कलाकारहरूले सहभागिता जनाएका थिए। विभिन्न विद्याहरूमा विजेता कलाकारलाई अवार्ड प्रदान गरिएको कार्यक्रममा लोक दोहोरी गायिका एवं मोडल रिया रेग्मीले अवार्ड जितिन् । रियाले ‘रहरै भो’ गीतबाट सर्वोत्कृष्ट नयाँ मोडलमा अवार्ड हात पारेकी हुन् ।
सुजन म्युजिक प्रालिकी अध्यक्ष जमुना रानाले भारतमा नेपालीहरूको अवार्ड कार्यक्रम यो दोस्रो पटक आयोजना गरिएको बताइन् । अवार्डका लागि मनोनयन फारम खुला गरेर सम्पूर्ण प्रक्रिया पूरा गरी भोटिङ गरेर धेरै भोट आएकालाई विजयी घोषणा गरिएको थियो ।
कार्यक्रममा विभिन्न ३३ विधामा अवार्ड वितरण गरिएको थियो भने सांगीतिक क्षेत्रमा योगदान दिएका विभिन्न व्यक्ति र स्रष्टाहरूलाई पनि सम्मान गरिएको आयोजक कमिटीकी अध्यक्ष गायिका राना मगरले बताइन् ।
प्रतिक्रिया