हसन र रोशनको गीत ‘यो मनको चाहना’ सार्वजनिक (भिडियो)

विहीबार, १७ माघ २०८१, २१ : ४८

काठमाडौं- गायक हसन राई र लोकप्रिय गायिका अनु चौधरीको युगल स्वरमा‘यो मनको चाहना’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। 

रोशन राई‘पालुवास्टार’ को शब्द र संगीत तथा फडिन्द्र राइको एरेन्ज रहेको गीतको भिडियोमा हसन राई र बेदना राईको अभिनय रहेको छ । राजेश पुमा राईको निर्देशनमा  बनेको भिडियोमा उत्तम हुमागाईको छायांकन र विकास दाहालको सम्पादन रहेको छ । भिडियोलाई (Lungto Creation ) को अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको हो । 

भिडियोमा मनको चाहनालाई बुझाउने क्रममा व्यक्त गरिएका भावनालाई सरल रुपमा प्रस्तुत गरिएको छ  । गायक हसनले गायन जतिकै अभिनयमा पनि उतिकै अब्बलता देखाएका छन् । गायक हसन राई र रोशन राई 'पालुवास्टार'को सहकार्यमा यस अघि धेरै सुमुधुर गीतहरु सार्वजनिक भैसकेका छन्  ।

 

विहीबार, १७ माघ २०८१, २१ : ४८

प्रतिक्रिया