काठमाडौं- युवा व्यवसायी तथा गीतकार बिपिन श्रेष्ठको नयाँ म्युजिक भिडियो 'सुन्दर तिम्रो' सार्वजनिक भएको छ।
डेकेन्द्र प्रडक्शन युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतमा बिपिन श्रेष्ठको शब्द, डेकेन्द्र श्रेष्ठको संगीत र डिकेको स्वर रहेको छ। एबिस फिल्मसको छायांकन रहेको भिडियोलाई अभिष थापाले निर्देशन गरेका छन्।
भिडियो म्याग्दीको बेनी बजार वरपर छायांकन गरिएको छ।भिडियोमा नुपुर कर्माचार्य र रुबिन श्रेष्ठको अभिनय देख्न सकिन्छ।
प्रतिक्रिया