फिल्म ‘सारंग’को ‘मेरो बाबा मेरो आमा’ गीत रिलिज

सोमबार, २१ माघ २०८१, ११ : ४९

काठमाडौं - यही माघ २५ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘सारंग’को नयाँ गीत ‘मेरो बाबा मेरो आमा’ सार्वजनिक गरेको छ । 

गीतमा आयुष गिरी, अनुमा चौधरी र जयन्त माधव बराइलीको गायन, दीपक शर्माको शब्द तथा शंकर थापा (स्माइल)को संगीत छ । मर्मस्पर्शी भावको गीतमा बुबा आमाले सन्तानका लागि गरेको माया, संघर्ष र त्यागको बखान छ ।

गीतको भिडियोमा फिल्मका मुख्य कलाकार ऋचा शर्मा, उत्पल झा र आदित्य कार्की देखिएका छन् । आदित्यले विद्यालयको अभिभावक दिवसमा गीतमार्फत बाबुआमाप्रति व्यक्त गरेको भावलाई दृश्यमा उतारिएको छ ।

भिडियोको अन्तिममा आदित्यले गाएको गीतले ऋचा भाव विह्वल भएको देख्न सकिन्छ । फिल्ममा ऋचा आमाको भूमिकामा छिन् ।  प्रशान्त तामाङको लेखन तथा निर्देशन रहेको फिल्ममा फिल्ममा सुरज तमु, समीरमणि दीक्षित, मणि के राई, अनिषा न्यौपाने, निरज ब्ल्याक, विश्व स्याङ्बो, दीपिका थापा, सुमन सागर जंग केसी लगायतको पनि अभिनय छ ।

दर्शन बुद्ध फिल्मसको प्रस्तुतिमा बनेको ‘सारंग’को निर्मातामा प्रेम तामाङ र फूलमाया तामाङ हुन् । पुष्पा लिम्बू र बिनु गुरुङ सह–निर्माता रहेको फिल्ममा शंकर थापा ‘स्माइल’ र नकुल कार्कीको संगीत, सुष्मा राईको कोरियोग्राफी, गोपाल रायको डिओपी र मित्र डि गुरुङको सम्पादन छ । 
 

 

सोमबार, २१ माघ २०८१, ११ : ४९

प्रतिक्रिया