बलिउड अभिनेता जगपति बाबु आए नेपाल

मंगलबार, २२ माघ २०८१, १५ : ४७

काठमाडौं - बलिउड अभिनेता जगपति बाबु नेपाल आएका छन् । दक्षिण भारतीय फिल्म ‘मिराई’ छायांकनका लागि उनी सोमबार काठमाडौं आइपुगेका हुन् ।

फिल्मको सुटिङ काठमाडौंमा चलिरहेको छ । यसै फिल्मका लागि अभिनेत्री श्रीया शरण केही दिन अगाडि  काठमाडौं आएकी थिइन् ।  फिल्मको अहिलेको छायांकन दोस्रो चरणको हो । फिल्मको केही अघि पहिलो चरणको छायांकन पनि नेपालमै भएको थियो ।

फिल्म १६ दिनसम्म नेपालका विभिन्न लोकेसनमा छायांकन हुनेछ । फिल्म काठमाडौं, भक्तपुर, कीर्तिपुर, दोलखा, पोखरा र मुस्ताङमा खिचिने बताइन्छ । 

मंगलबार, २२ माघ २०८१, १५ : ४७

प्रतिक्रिया