३४औं वार्षिकोत्सव मनाउँदै काठमाडौं टोस्टमास्टर्स क्लब, नेतृत्व र वक्तृत्व विकासको ‘लिगेसी’

विहीबार, २४ माघ २०८१, १५ : ४३

काठमाडौं - नेपालको पहिलो टोस्टमास्टर्स क्लब काठमाडौं टोस्टमास्टर्स क्लबले माघ २६ गते शनिवार ३४औं वार्षिकोत्सव मनाउने भएको छ । 

काठमाडौं ठमेलमा रहेको फेयरफिल्ड म्यारियट होटलमा यही शनिवार काठमाडौं टोस्टमास्टर्स क्लबले आफ्नो ३४औं वार्षिकोत्सव मनाउन लागेको हो । ‘३४ इयर्स अफ म्याजिकः अ टोस्ट टु लर्निङ लिडरसीप लाफ्टर एण्ड लिगेसी’ थिममा सञ्चालन हुने वार्षिकोत्सवमा मुख्य वक्ताको रूपमा मिस नेपाल अर्थ २०२४ सुमना केसीको उपस्थिति रहने छ । 

यस्तै कार्यक्रममा फिचर्ड वक्ताको रूपमा विशिष्ट टोस्टमास्टर रञ्जीत आचार्य, दिप्ती आचार्य, नेहा अमात्य, ईयुडेन कोइराला र जोन्सन् श्रेष्ठको उपस्थिति हुनेछ । कार्यक्रममा सहभागी हुन १५ सय रुपैयाँ शुल्क तोकिएको छ । यदि तपाई पनि कार्यक्रममा सहभागी हुन चाहनुहुन्छ यहाँ गएर (https://shorturl.at/tgU8s) फर्म भर्न सकिने छ । 

वार्षिकोत्सव कार्यक्रममा ८० देखि १०० जनासम्म सहभागी हुने अपेक्षा गरिएको छ । कार्यक्रममा सिकाइ, नेटवर्किङ, गेम्स र मनोरञ्जनात्मक लगायतका गतिविधि हुनेछन् । यो कार्यक्रम विशेष गरी नेतृत्व विकास र पब्लिक स्पीकिङमा रुचि हुनेहरूका लागि उपयोगी हुनेछ । सन् १९९१ मा काठमाडौं टोस्टमास्टर्स क्लबको स्थापना भएको थियो । दक्षिण एशियामै पुरानो टोस्टमास्टर्सको रूपमा समेत काठमाडौंलाई लिइन्छ । 

टोस्टमास्टर्स अमेरिकाबाट सुरु भएको गैरनाफा मुलक संस्था हो । हाल विश्वका १५० देशमा फैलिएको छ । विश्वभर १४ हजार बढी टोस्टमास्टर्स क्लबहरू छन् । नेपालमा मात्रै ६० बढी क्लबहरू रहेका छन् । विशेष गरी सहयोगी र सकारात्मक वातावरणमा नेतृत्व कला तथा वक्तृत्व कला सिक्ने सिकाउने थलोको रूपमा टोस्टमास्टर्स प्रख्यात छ । 
 

विहीबार, २४ माघ २०८१, १५ : ४३

प्रतिक्रिया