काठमाडौं - भारतीय केन्द्रीय बैंक, रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) ले ब्याजदर घटाउने निर्णय गरेको छ।
बैंकले रिपो रेट २५ आधार बिन्दुले घटाएको छ । योसँगै रिपो दर अब ६ दशमलव २५ प्रतिशतमा आएको छ । कटौतीअघि यो दर ६ दशमलव ५ प्रतिशत थियो ।
समाचार एजेन्सी पीटीआईका अनुसार यो जानकारी आरबीआईका नयाँ गभर्नर सञ्जय मल्होत्राले दिएका हुन् । आर्थिक वर्ष २०२५ मा मुद्रास्फीति दर ४ दशमलव ८ प्रतिशत रहने अनुमान बैंकले गरेको छ ।
अझ अगाडि यसमा थप कमी आउन सक्ने पनि बताइएको छ । गर्भनरले बढ्दो डिजिटल ठगी चिन्ताको विषय बताएका छन् । आरबीआईले डिजिटल सुरक्षा बढाउने दिशामा पनि काम गरिरहेको छ । एजेन्सी
प्रतिक्रिया