गायिका रचना रिमालको गीत ‘मायाले रुवायो’ सार्वजनिक

शनिबार, २६ माघ २०८१, १५ : १६

काठमाडौं - गायिका रचना रिमालको स्वर रहेको गीत ‘मायाले रुवायो’ सार्वजनिक भएको छ ।

साहित्यकार  मातृका भण्डारी ‘मुना’ को शब्द, गायक संगीतकार चिरन्जीवी भण्डारीको संगीत रहेको गीतमा आशिष लामाको संगीत संयोजन छ । प्रेम वियोगका शब्दले भरिएको गीतमा गायिका रिमाल र गीतकार भण्डारीको अभिनय छ । 

मरुभूमि नारायणले छायांकन गरेको भिडियो विष्णु खड्काले सम्पादन गरेका हुन् । भिडियोमा निरेन श्रेष्ठको निर्देशन छ । भिडियो दर्शित म्यूजिक एन्ड मिडिया प्रालिले बजारमा ल्याएको हो । 
 

 

शनिबार, २६ माघ २०८१, १५ : १६

प्रतिक्रिया