काठमाडौं- चलचित्र विकास बोर्डले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकास्थित वडा नं १० र १३ मा निर्माण हुन लागेको इनडोर सुटिङ स्टुडियोका लागि बोलपत्र आह्वान गरेको छ।
बोर्डले आइतबार सूचना सार्वजनिक गर्दै इच्छुक निर्माण कम्पनीले आगामी ३० दिनभित्र ‘इ-बिडिङ’मार्फत् आवेदन दिन सक्ने जनाएको छ।
बनेपाको ४२ रोपनी क्षेत्रफलमा निर्माण हुने उक्त स्टुडियो विगत केही वर्षदेखि योजनामा रहे पनि कार्यान्वयनमा जान सकेको थिएन। स्टुडियोको शिलान्यास दुई महिनाभित्रै गर्ने योजना रहेको बोर्डले जानकारी दिएको छ।
प्रतिक्रिया