काठमाडौं- सत्य घटनामा आधारित म्युजिकल स्टोरी फिल्म‘चेली’सार्वजनिक भएको छ । स्माइल दासको स्वर र संगीतमा रहेको गीतमा ओम केरुङ र नेत्र लोज़ा गुरुङको शब्द रचना रहेको छ ।
नेत्र लोजा गुरुङको मुटुरोगबाट ग्रस्त आफ्नो बहिनी ‘चेली’लाई गरिबीको कारण समयमै उपचार गर्न नसक्दा गुमाउँदाको सत्य घटनाको पीडालाई भिडियोमा देखाइएको छ।
कलाकार बुद्धि तामाङ र रेखा लिम्बुको मुख्य अभिनय रहेको‘चेली’मा टिकाराम घले , माया गुरुङ , सुनिता गाहा लगायत करिब १ दर्जन कलाकार हरुको अभिनय रहेको छ ।
सुजाता बस्यालको स्क्रिप्ट तथा निर्देशनमा बनेको भिडियोमा नेत्र लोज़ाको स्टोरी, सुबास शाहको सम्पादन ,रबिन बिकेको रंग संयोजन र विवेक विकेको सिनेमाटोग्राफी रहेकोम छ।
म्युजिकल स्टोरी फिल्म ुचेलीुलाइ एम सिरिज ग्लोबलले निर्माण गरेको हो यस अघि पनि उक्त कम्पनीले निर्माण गरेका धेरै गीतलाई दर्शकको अत्याधिक रोजाइमा परेका छन् ।
प्रतिक्रिया