गलबन्दी गीतको चर्चा चुलिँदै गर्दा इद बिशेष एक कार्यक्रममा सहभागी हुन अन्य कलाकारहरु सँगै अञ्जलि बहराइन पुगेकी हुन् ।
गायक प्रकाश सपुत र गायिका शान्ति श्री परियारको नयाँ दोहोरी गीत ‘गलवन्दी‘ यतिबेला सामाजिक सञ्जालमा ‘हट टपिक’ बनेको छ। तर, गीतका गायक गायिकालाई ओझेलमा पार्ने गरी सर्वाधिक चर्चा भइरहेको छ, मोडल अञ्जली अधिकारीको ।
गीतको भिडियोमा अञ्जलीको ‘एक्सप्रेसन’ ले सबैलाई लठ्ठ बनाएको छ । उनी अति लजालु गाउँले युवतीको रुपमा देखिएकी छिन् ।सामान्य शब्द र औसत स्तरको गीतलाई भिडियोले जुरुक्कै माथि उठाएको छ । टिकटकमा पनि यो गीत अत्यधिक लोकप्रिय बनिरहेको छ।
यसअघि प्रकाश सपुतकै ‘बोलमाया’ बोलको गीतमा पनि अञ्जलीले मोडलिङ गरेकी थिइन् । सो मर्मस्पर्शी गीतमा पनि अञ्जलीको अभिनयलाई रुचाइएको थियो ।पैसा कमाउन विदेश गएका श्रीमान लाश बनेर बाकसमा आउँदा गर्भवती श्रीमतीको बेदनालाई उनले जिवन्तरुपमा प्रस्तुत गरेकी थिइन। सोही गीतको ‘पि्रक्वेल’ बताइएको गलबन्दीमा चाहिँ उनले विहे पूर्व रोदीमा दोहोरी गाएको देखाइएको छ।
गायक प्रकाश सपुत ले भिडियोमा अञ्जलीलाई साथ दिएका छन् । यो गीतले बोलमायाको स्तरलाई छुन नसके पनि भिडियोले गर्दा भ्युज पाएको छ ।भिडियोमा प्रकाश सपुतको चञ्चलता र अञ्जलीको लजालु अभिनयलाई दर्शकहरुले प्रशंसा गरेका छन् ।
उनको हुलिया हेर्दा यस अघि दोहोरी ब्याटल २ मा गाउने जंगी प्रकाश सपुत यिनै हुन् भनेर पत्याउनै गाह्रो हुन्छ । लगातार एक पछि अर्को हिट गीत दिइरहेका प्रकाशलाई यो दोहोरीले थप उचाईमा पुर्याउने पक्का छ । तर, सबैभन्दा बढि फाइदा भने अञ्जलीलाई नै भएको छ ।
प्रतिक्रिया