काठमाडौं- नेपाली संगीत उद्योगका लोकप्रिय संगीतकर्मी प्रदिप भट्टराईले आफ्नो नयाँगीत 'उमेर ढल्केको' को म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।
गीतमा नेपाल आइडल सिजन २ का विजेता रवि ओडले स्वर दिएका छन् । गीतको भिडियोमा रबीको आवाजसँगै उनको अभिनय, कलाकार जय किशन बस्नेत र बिना राउत तथा संगीतकार भट्टराई स्वयमको अभिनय रहेको छ ।
काठमाडौंको एक होटलमा आयोजित विशेष समारोहमा प्रमुख मिडिया हाउसका प्रतिनिधिहरूको उपस्थितिमा गीत सार्वजनिक गरिएको थियो ।
कार्यक्रममा बोल्दै भट्टराईले आफ्नो नयाँ सिर्जनाबारे उत्साह व्यक्त गर्दै यस गीतले समयसँगै परिवर्तन हुने जीवनका भोगाइहरू चित्रण गरेको बताए। गीतको भिडियो नेपाल आइडल सिजन २ का विजेता रवि ओडको आधिकारिक युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको छ ।
नेपाली संगीत क्षेत्रमा २५ वर्षभन्दा बढी योगदान दिएका उनको परिचय गायक, संगीतकार, गीतकार तथा संगीतकर्मीका रुपमा समेत स्थापित रहेको छ ।
२५ बर्ष अघि मेलान्ज ब्याण्डमार्फत् सांगीतिक यात्राको सुरुवात गरेका उनी आफूलाई पूर्वेली गायक तथा संगीतकर्मी भन्न रुचाउँछन् ।
संगीतकर्मी भट्टराईले नेपाली संगीतमा आफ्नै मौलिक शब्द, संगीत र शैलीले छुट्टै पहिचान बनाएका छन् ।
भट्टराईले यसअघि पनि आफ्नै शब्द र संगीतमा दुई एल्बम सार्वजनिक गरिसकेका छन् । उनका गीतहरू प्रेम, जीवन र सामाजिक चेतनासँग जोडिएका विषयवस्तुहरुमा केन्द्रित हुने गर्छन् ।
प्रतिक्रिया