काठमाडौं - चलचित्र ‘कर्मा’ को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । निर्माण पक्षले चलचित्रका मुख्य कलाकारलाई फिचर्ड गर्दै दुई वटा पोस्टर सार्वजनिक गरेको हो ।
पोस्टरमा अभिनेता विपिन कार्की ब्ल्याक जिन्स र फिट बडीमा देखाइएको छ । हातमा सर्ट गन बोकेका उनको लुक्सअनुसार फिल्ममा एक्सन भूमिकामा रहेको अनुमान गर्न सकिन्छ ।
‘कर्मा’ सौरभ चौधरीको निर्देशन गरेका हुन् । चैत २९ गते रिलिज चलचित्रमा विपिनसँगै उपासना सिंह ठकुरी, मुकुन भुसाल, दिव्यदेवलगायत कलाकारको अभिनय रहेको छ । मुकुन चलचित्रमा नेगेटिभ क्यारेक्टरमा छन् ।
आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’मा वसन्त लम्सालको लगानी रहनेछ ।
प्रतिक्रिया