फागुन ४ गते सुन्दरहरैँचामा गुञ्जिदै दीपक बज्राचार्य

विहीबार, ०१ फागुन २०८१, १४ : ४६

काठमाडौं- मोरङको सुन्दरहरैँचा- १०स्थित विराटचोकमा हिजोबाट संचालन भएको ुविराट एक्स्पोुको पाचौ दिन अर्थात फागुन ०४ गते लोकप्रिय  गायक दीपक बज्राचार्य र उनको रिदम ब्याण्डले सांगीतिक प्रस्तुती दिने भएको छ । सुन्दरहरैँचा उद्योग वाणिज्य सङ्घले आयोजना गरेको यो एक्स्पोको चौथो संस्करण फागुन १० गतेसम्म सञ्चालन हुनेछ ।  

गत हप्ता मात्रै भारतको पश्चिम बंगालस्थित कालिम्पोङमा भब्य कार्यक्रम सम्पन्न गरी फाल्गुन २ गते भ्यालेन्टाइन्स डेमा फिदिममा सांगीतिक कार्यक्रम गर्न लागेको मन मगन गायक दीपक बज्राचार्य र उनको रिदम ब्याण्ड फागुन ०४ मा  मोरङको सुन्दरहरैँचामा भब्य कार्यक्रमको तयारीमा रहेको छ । 

कार्यक्रममा आफ्ना नयाँ र पुरानो गीतहरुको साथमा परम्परागत संस्कृति झल्कने लाखे नाच, झाँक्री नाचको समेत प्रस्तुती रहने छ । सार्वजनिक शौचालय निर्माणको लागि रकम जुटाउन यो एक्स्पो आयोजना गर्न लागिएको उद्योग वाणिज्य संघले जनाएको छ ।

विहीबार, ०१ फागुन २०८१, १४ : ४६

प्रतिक्रिया