नेपाली म्युजिक भिडियोमा व्यस्त कलाकार हुन् अञ्जली अधिकारी । प्रकाश सपूतको ‘बोल माया’ बाट चर्चा बटुलेकी उनी पछिल्लो समय म्यूजिक भिडियोको सुटिङमा व्यस्त हुन्छिन् । बोल माया गीतबाटै चलचित्र क्षेत्रमा परिचित भइन् । पछिल्लो समय उनले दजनौं म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन् ।
उनले चलचित्र ‘प्रसाद’ को ‘बनकी चरी’ बोलको गीतमा निश्चल बस्नेतसँग नृत्य गरेकी थिइन् । बनकी चरीमार्फत पनि उनलाई झन् चिनायो ।
हालसालै ‘बोलमाया’को सिरिज ‘गलबन्दी’ आएको छ । अहिले ट्रेन्डिङ नम्बर एकमा रहेको छ । ‘गलबन्दी’ मा उनको लजालु हेराइ सबैले मन पराएका छन् ।
गीतको ‘ढिलो आयो कडा आयो’ अहिले धेरैको थेगो बनिसकेको छ ।
भिडियोमा गाउँले, सोझी युवतीको रुपमा देखिएकी अञ्जली अहिले केही फोटोमा बोल्ड अवतारमा देखिएकी छन् । सामाजिक सञ्जालमा उनी ट्रोल बन्न थालेकी छन् ।
यतिबेला उनी कार्यक्रमको शिलशिलामा बहराईन पुगेकी छिन् । उनले बहराईको सामुन्द्रको तटमा बसेको निकै बोल्ड तस्बिर खिचेर समाजिक सञ्जालमा पोस्ट सार्वजनिक गरेकी छन् । उनकाे साथमा गायिका अञ्जु पन्त पनि छिन् ।
उनले ‘प्रेम गीत–३’ मा हिरोइन् बन्न आवेदन र अडिसन दिएको कुराले पनि उनी चर्चामा छिन् ।
प्रतिक्रिया