गायक राजन न्यौपानेले ल्याए ‘आउँदा जाँदा बानी परेछ’

शुक्रबार, ०२ फागुन २०८१, १६ : ३८

काठमाडौं - गायक राजन न्यौपानेको रहेको नयाँ गीत ‘आउँदा जाँदा बानी परेछ’ सार्वजनिक गरिएको छ । गीतमा शब्द, संगीत पनि गायक न्यौपानेकै छ ।  

गीतको भिडियोमा अभिनेता मुकुन भुषाल, भावना उप्रेती र लिन ओली फिचर्ड छन् । सागर ज्ञवालीको निर्देशन रहेको भिडियोमा गाउँमा पहिलो पटक मोटर पुग्दाको परिवेश बुनिएको छ । 

राजीव समरले कोरियोग्राफी गरेको भिडियोको छायाँकन नारायण जिसीले र सम्पादन अमृत चापागाईंले गरेका हुन् । 

 

शुक्रबार, ०२ फागुन २०८१, १६ : ३८

प्रतिक्रिया