अन्तिम चरणमा पुग्यो आयल निगम रूपन्देहीको प्रादेशिक इन्धन डिपोको डिपिआर

शनिबार, ०३ फागुन २०८१, १६ : ५६

काठमाडौं- रूपन्देहीको रोहिणी खोला किनारमा निर्णाण गर्न लागिएको नेपाल आयल निगमको प्रादेशिक इन्धन डिपोको डिपिआर अन्तिम चरणमा पुगेको छ ।

हाल रूपन्देहीको भलवारीस्थित निगमको इन्धन डिपो स्थानान्तरण तथा क्षमता विस्तार गर्ने योजनाअनुसार आयल निगमले रूपन्देहीको रोहिणी गाउँपालिका र ओमसतिया गाउँपालिकाको सीमामा पर्ने रोहिणी खोला किनारमा आधुनिक किसिमको नयाँ इन्धन डिपो निर्माण गर्न लागेको हो ।डिपो निर्माणका लागि पहिलो चरणमा खोला किनारमा तार जालीसहितको पर्खाल लगाउने र जग्गा सम्याउने काम सकिएको हो ।

आयोजनाको डिपिआर काठमाडौ विश्वविद्यालय अन्तर्गतको काठमाडौ युनिकन्सल्टले गरिरहेको छ । आठ महिना भित्रमा डिपिआर तयार गर्नेगरी काठमाडौ युनिकन्सल्टसँग सम्झौता भएको हो । डिपिआर तयार गर्ने कार्य अबको एक महिना भित्रै सकिने छ ।

रूपन्देहीको भलवारीमा रहेको डिपोको स्टोरेज क्षमता कम भएको र हाल घना बस्ती बिस्तारसमेत भएकोले निगमले रोहिणीमा अत्याधुनिक सुविधासहितको धेरै क्षमताको नयाँ डिपो निर्माण गर्न लागेको हो ।

करिव ३ अर्ब लागतमा डिपो निर्माण गर्ने अनुमान गरिएको भए पनि डिपिआर तयार भइसकेपछि मात्रै कुल लागत र डिजाइन यकिन हुने आयोजनाले जनाएको छ ।

शनिबार, ०३ फागुन २०८१, १६ : ५६

प्रतिक्रिया