काठमाडौं - काठमाडौं विश्वका बढी वायु प्रदूषित सहरहरूको सूचीमा तेस्रो स्थानमा परेको छ। आज, काठमाडौंको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) २०४ पुगेको छ, जुन स्वास्थ्यका लागि जोखिमपूर्ण मानिन्छ।
पाकिस्तानको लाहोर सहर १ नम्बरमा रहेको छ, जहाँ एयर क्वालिटी इन्डेक्स ३४२ पुगेको छ। त्यसपछि भारतको दिल्ली सहर २४८ एक्यूआईसँग दोस्रो स्थानमा रहेको छ।
विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार, एक्यूआई ३५ भन्दा कम हुनु अनुकूल मानिन्छ, र ५० एक्यूआईसम्मको स्तरलाई सामान्य मानिन्छ। यद्यपि, त्यसको माथिको स्तर स्वास्थ्यमा नकारात्मक प्रभाव पार्न सक्छ। उच्च एक्यूआईले दीर्घकालीन स्वास्थ्य समस्याहरू जस्तै फोक्सोको क्यान्सर, मुटुसम्बन्धी रोग, मस्तिष्कघात, र हृदयघातको जोखिम बढाउँछ।
प्रतिक्रिया