गायक अर्जुन गुरुङको गीत ‘पिरतीको डोरी’ सार्वजनिक (भिडियो)

सोमबार, ०५ फागुन २०८१, ११ : ३७

काठमाडौं - गायक अर्जुन गुरुङ र गायिका लक्ष्मी परियारको स्वरमा ‘पिरतीको डोरी ’ सार्वजनिक भएको छ । आफ्नी प्रेमीकालाई गायकले आफ्नो निस्वार्थ प्रेममा कुनै शंका नगर्नको लागी आग्रह गरेका छन् । 

भावनात्मक रूपमा प्रेमको सम्बन्ध कालान्तर सम्म जीवित हुने कुरामा गायक ले गायिकालाई विश्वास्त पार्न खोजिएको छ । अर्जुन गुरुङको शब्द तथा लय सिर्जनामा रहेको गीतमा प्रेमील भावहरू भेटन सकिन्छ । 

उत्तम हुमागाईँको छायाँकन , राजेन्द्र पुरी र अर्जुन थापाको सम्पादन रहेको गीतमा शिशिर बुढाथोकी को निर्देशनमा भिडियो तयार गरिएको छ । गीतमा दिपेन्द्र गिरी ,आभा थापाको अभिनय रहेको छ ।

 

सोमबार, ०५ फागुन २०८१, ११ : ३७

प्रतिक्रिया