नेपाली विद्यार्थी र जनतासँग केआईआईटीले माग्यो माफी

मंगलबार, ०६ फागुन २०८१, १५ : २३

काठमाडौं - भारतको ओडिशा राज्यको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) ले १६ फेब्रुअरीमा क्याम्पसमा भएको अप्रिय घटनामा संलग्न नेपाली विद्यार्थीहरूसँग माफी मागेको छ।

क्याम्पसका उपकुलपति प्रा.सरनजीत सिंहले उक्त घटनामा आफूहरू स्तब्ध रहेको र यस्तो व्यवहारको कुनै पनि प्रकारको समर्थन नगर्ने बताएका छन्। उनले भनेका छन्, ‘हामीमध्ये केहीले आन्दोलनकारी विद्यार्थीहरूसँग गरेको व्यवहारप्रति पनि हामी दुःखी छौं । हामी हाम्रा विद्यार्थीहरूलाई माया गर्छौँ र उनीहरूलाई कहिल्यै कुनै हानि पुर्‍याएका छैनौँ ।’

दुई अधिकारीहरूले विद्यार्थीहरूको बारेमा गरेको टिप्पणीहरू अत्यन्तै गैर जिम्मेवार पूर्ण रहेको भन्दै ती टिप्पणीहरू उनीहरूको व्यक्तिगत क्षमतामा क्षणिक रूपमा गरिएको उनको भनाई छ । त्यसलाई क्याम्पसले समर्थन नगर्ने विज्ञप्तिमा भनिएको छ । उनीहरूलाई क्याम्पसबाट निलम्बन गरेको जानकारी दिँदै उनीहरूले पनि आफ्नो व्यवहारको लागि माफी मागिसकेको सिंहले बताएका छन् । 

पत्रमा भनिएको छ, ‘हामी पनि सबै कुराको लागि माफी चाहन्छौँ र सबै नेपाली विद्यार्थी र नेपालका जनतालाई हाम्रो माया र स्नेह व्यक्त गर्दछौँ । उनीहरू (नेपाली विद्यार्थी)लाई भारतीय जस्तै माया गरेको उल्लेख गर्दै उनीहरूलाई तुरुन्तै नियमित अध्ययनमा सामेल हुन पत्रमार्फत अपिल गरिएको छ । 

GkDVYFhX0AAB9Vw

मंगलबार, ०६ फागुन २०८१, १५ : २३

प्रतिक्रिया