आज प्रजातन्त्र दिवस, देशैभरि सार्वजनिक बिदा

बुधबार, ०७ फागुन २०८१, १० : ०५

काठमाडौं - आज फागुन ७ गते देशभर सार्वजनिक बिदा रहेको छ । सरकारले प्रजातन्त्र दिवसको अवसमार बिदा दिने निर्णय गरेको हो ।

प्रजातन्त्र दिवस नेपालमा हरेक वर्ष फागुन ७ गते मनाइन्छ । २००७ सालको क्रान्ति सफल भएर प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस मनाइन्छ। 

राज्यशक्तिको स्रोत जनता मात्र हुन् र मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्छ भन्ने मान्यतालाई जनताको संघर्ष तथा शहीदको बलिदानबाट स्थापित गरेको हुनाले आजको दिन नेपालको इतिहासमा गौरवपूर्ण र अविस्मरणीय मानिन्छ।

  प्रजातन्त्रकै जगमा अहिले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ। बिदासँगै सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था र सेयर बजार समेत बन्द हुने छ ।
 

बुधबार, ०७ फागुन २०८१, १० : ०५

प्रतिक्रिया