छविसँग डिभोर्सपछि अभिनेत्री शिल्पा बनिन् सन्न्यासी

बुधबार, ०७ फागुन २०८१, ११ : १२

काठमाडौं – प्रसिद्ध नेपाली अभिनेत्री शिल्पा पोखरेल सन्न्यासी बनेकी छन् ।

शिल्पाले ओशोको ध्यान शिविर पुगेर स्वामी आनन्द अरुणबाट नवसन्यास दीक्षा ग्रहण गरेकी छिन् ।यसै सन्दर्भमा अभिनेत्री तथा ओशो सन्न्यासी सोभिता सिम्खडाले सामाजिक सञ्जाल मार्फत शिल्पाको संन्यास दीक्षाको जानकारी दिएकी छिन् ।

शिल्पाले केही अगाडि मात्र फिल्म निर्माता पति छविराज ओझासँग सम्बन्ध बिच्छेद गरेकी हुन् । 

बुधबार, ०७ फागुन २०८१, ११ : १२

प्रतिक्रिया