अत्यधिक हिंसात्मक दृश्यका कारण फिल्म ‘ताण्डवम्’को प्रिमिएर स्थगित

बुधबार, ०७ फागुन २०८१, १३ : ३५

काठमाडौं - फिल्म ‘ताण्डवम्’ को प्रिमिएर स्थगित गरिएको छ । आज बुधवार साँझ आयोजना हुने भनिएको फिल्म ‘ताण्डवम्’को प्रिमिएर सेन्सर बोर्डले रोक लगाएपछि स्थगित गरिएको हो ।

मंगलबार भएको सेन्सरमा फिल्मलाई चलचित्र सेन्सर बोर्डले अत्यधिक हिंसात्मक दृश्य भएकोले सच्याएर ल्याउन भन्दै फिर्ता पठाएको हो ।
यो फिल्म बदलाको कथामा आधारित छ र यसमा मुख्य भूमिकामा जुनिम गहतराज, सरिना मगर, अंकित खड्का लगायतका कलाकारहरूको अभिनय छ।

‘ताण्डवम्’को प्रिमिएर स्थगित भएको भएता पनि दर्शकहरूलाई यो फिल्मको प्रदर्शनको लागि चाँडै नयाँ मिति सार्वजनिक गरिने आशा गरिएको छ।

बुधबार, ०७ फागुन २०८१, १३ : ३५

प्रतिक्रिया