‘लाज शरणम्’ को प्रचारमा लगाएको रोक प्रति चलचित्र निर्देशक समाजको गम्भीर ध्यानाकर्षण

बुधबार, ०७ फागुन २०८१, १५ : १७

काठमाडौं - उच्च अदालत पाटनले प्रदर्शनको तयारीमा रहेको फिल्म ‘लाज शरणम्’ को प्रचारमा लगाएको रोक प्रति चलचित्र निर्देशक समाजले आफ्नो गम्भीर ध्यानाकर्षण व्यक्त गरेको छ।

समाजले बुधबार एक विज्ञप्ति जारी गर्दै अदालतबाट जारी भएको बन्देजले चलचित्रको करोडौँको लगानीमा जोखिम निम्त्याएको र सृजनशील सर्जकलाई गम्भीर असर परेको बताएको छ।

समाजले भने, 'चलचित्र एक अभिव्यक्तिको माध्यम हो र यसको उद्देश्य समाजका विभिन्न पात्र र प्रवृत्तिहरूलाई कथानकमा उतार्नु हो। यसरी बनाइएको कथाले कुनै व्यक्तित्व, संस्कार, र संस्कृतिलाई आघात पुर्‍याएको छ कि छैन भनेर जाँच गर्ने जिम्मा चलचित्र विकास बोर्ड र चलचित्र जाँच समितिको हो।'

समाजका अध्यक्ष जानदीप पराजुलीले विज्ञप्तिमा उल्लेख गरेका छन् कि यदि कुनै चलचित्रले व्यक्ति वा समुदायको सम्मानमा हस्तक्षेप गरेको पाइन्छ भने जाँच पास समितिका माध्यमबाट प्रदर्शन रोक्ने अधिकार राखिएको छ।

साथै, समाजले ‘लाज शरणम्’ जस्तो कानुनी लडाइँमा रहेका चलचित्रहरूको साथ र सहयोगका लागि चलचित्र सम्बन्धित सबै संघ संस्थालाई एकजुट हुन आग्रह पनि गरेको छ।
nirdisak samaj

बुधबार, ०७ फागुन २०८१, १५ : १७

प्रतिक्रिया