काठमाडौं - ईङवा हाईड्रोपावर लिमिटेडले महेन्द्र न्यौपाने र सौरभ तिमिल्सिनालाई नयाँ सञ्चालकका रूपमा नियुक्त गरेको छ ।
कम्पनी सञ्चालक समितिको फागुन ६ गते बसेको सञ्चालक समितिको बैठकले न्यौपाने र तिमिल्सिनालाई सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।
बैठकले कम्पनीको सञ्चालक समितिमा रिक्त रहेको सञ्चालक पदमा कम्पनी ऐन २०६३ को दफा ८७ को उपदफा २ ले सञ्चालक समितिलाई प्रदान गरेको अधिकारको प्रयोग गरी सञ्चालक पदमा नियुक्त गरेको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया