आज राजेश हमालको जन्मदिन,कति वर्षमा पुगे ?

आइतबार, २६ जेठ २०७६, ११ : ५५

काठमाडौं –सुपरस्टार राजेश हमाल आइतवारबाट ५५ वर्षमा लागेका छन् । ९ जुन, १९६४ मा पाल्पाको तानसेनमा जन्मिएका हमालले २०४८ सालमा प्रदर्शनमा आएको फिल्म 'युगदेखि युगसम्म' बाट नेपाली रजतपटमा पाइला राखेका थिए । 
यस फिल्मपछि उनले आफ्नो करिअर कहिल्यै पछाडि फर्किएर हेर्नु परेन । ३ दशक लामो फिल्म यात्रामा उनले २ सयभन्दा बढी फिल्ममा अभिनय गरिसकेका छन् । हामी तीन भाइ, देउता, अल्लारे, अजम्बरी नाता, पालेदाई, आशीर्वाद जस्ता फिल्म उनका हिट मानिन्छन् ।

राजेश हमालले आफ्नो विद्यालय स्तरिय शिक्षा मस्कोबाट र उच्च शिक्षा (एम ए अङ्ग्रेजी) भारतको पञ्जाब विश्वविद्यालयबाट पूरा गरेका हुन् । नेपालमा कक्षा ८ सम्म सेन्ट जेभियर स्कूलमा उनले अध्ययन गरेका थिए । 
 
सन् १९९४ मा उनले १६ वटा फिल्ममा अभिनय गरेका थिए । एउटा पाकिस्तानी फिल्म पनि अभिनय गरेका उनका लागि आफूले गरेका फिल्ममध्ये देवताु र वसन्तीु सबैभन्दा मनपर्ने फिल्म हुन् । उनलाई नेपाली फिल्मका महानायकु भनिन्छ । राष्ट्रिय नागरिक गोल्डेन अवार्ड, राष्ट्रिय चलचित्र पुरस्कार जस्ता पुरस्कार तथा सम्मान प्राप्त गरिसकेका उनको लभ लाइफ पनि उतिक्कै रोमान्चित छ ।  तर, ५० वर्षको उमेरमा वर्ष २०१४ मा उनले मधु भट्टराईसँग विवाह गरे । 
 
अभिनेता हमाल अभिनीत पछिल्लो रिलिज फिल्म शकुन्तलाु हो । यसमा उनले एक महिलाको भूमिका निर्वाहा गरेका थिए । अचेल उनी श्रीमति मधुसँग विभिन्न देशको भ्रमणमा निस्किरहेका हुन्छन् । केही वर्षदेखि उनी फिल्म निर्देशन गर्ने चर्चा छ । 
 

आइतबार, २६ जेठ २०७६, ११ : ५५

प्रतिक्रिया