काठमाडौं - गायिका एलिना चौहानको स्वर रहेको ‘याद बाँकी छ’ गीत सार्वजनिक भएको छ।
गीतको शब्द दिपक विष्टले लेखेका हुन्। संगीत श्रीधर अधिकारी र एरेन्ज विशाल निरौलाको छ । भिडियोमा विक्रम बुढाथोकी र स्मारिका ढकालको अभिनय छ।
निकेश खड्काको निर्देशन रहेको भिडियोमा विशाल सापकोटाको छायांकन, अमृत चापागाईंको सम्पादन छ।
प्रतिक्रिया