काठमाडौं - गायिका भूमिका गिरीको स्वरमा रहेको गीत ‘छ कि छैन मञ्जुरी’ सार्वजनिक गरिएको छ ।
गीतमा गायिका गिरीलाई राजनराज शिवाकोटीले स्वरमा साथ दिएका छन् । गीतको भिडिओमा रियल जोडी राज आचार्य र सुनिशा बजगाईंको अभिनय छ । भिडिओमा वडासचिव र सदस्यबिचको प्रेमलाई देखाइएको छ । राजेन्द्र थापाको शब्द रहेको गीतमा संगीत राजनराज शिवाकोटीको छ ।
देबेश राईको संगीत संयोजन रहेको गीतमा मिक्सिङ र मास्टरिङको काम श्यामश्वेत रसाईलीले गरेका हुन् । गम्भीर विष्टको कोरियोग्राफी तथा निर्देशन रहेको भिडियोमा दिनेश पराजुलीको छायांकन, मिलन विश्वकर्माले सम्पादन छ ।
प्रतिक्रिया