काठमाडौं - फिल्म ‘माग्ने राजा’को छायांकन सुरु भएको छ । महाशिवरात्रिको अवसर पारेर निर्माण युनिटले सूर्यविनायक मन्दिरमा स्क्रिप्ट पूजा गर्दै फिल्मको छायांकन सुरु गरेको हो ।
एउटा गरिबको धनि बन्ने महत्वकांक्षाको कथामा निर्माण हुन लागेको फिल्म ऋषि लामिछानेले निर्देशन गर्दै छन् । फिल्मका निर्माता मुनाल घिमिरे हुन् । नरेन्द्र मैनालीको छायांकन रहने फिल्मको रिलिज मिति आगामी हरितालिका तीज बताइएको छ ।
फिल्ममा केदार घिमिरे (माग्ने बुढा), आर्यन सिग्देल, वर्षा शिवाकोटी, विल्सनविक्रम राई र शिशिर वाङ्देल लगायतको मुख्य भूमिका रहनेछ । दर्शकले माग्ने बुढा र तक्मे बुढाको जोडीलाई दशकपछि यसै फिल्म मार्फत पर्दामा हेर्न पाउनेछन् ।
फिल्म आरम्भ प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको हो ।
प्रतिक्रिया