खगेन्द्र र वर्षाको मुख्य भूमिकामा बन्ने फिल्म ‘हर्ष’को शुभमूहूर्त

बुधबार, १४ फागुन २०८१, १६ : २४

काठमाडौंं - फिल्म ‘हर्ष’ को शुभमूहूर्त गरिएको छ । शिवरात्रिको अवसर पारेर काठमाडौंको ठमेलस्थित त्रिदेवी मन्दिरमा फिल्मको शुभमूहूर्त गरिएको हो । मुर्हुतमा फिल्मका कलाकार तथा प्राविधिक पक्षको उपस्थिति रहेको थियो ।

यहि १७ गतेबाट फ्लोरमा जाने फिल्म एकता पौडेलले निर्देशन गर्न लागेकी हुन् । फिल्ममा खगेन्द्र लामिछाने, वर्षा राउत, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, सुवर्ण थापा, श्रृष्टि महर्जन तथा संगीता नापित लगायतका कलाकारको अभिनय रहनेछ ।

एकता पौडेल दिवंगत निर्देशक शिव रेग्मीकी भान्जी हुन् भने उनले न्यूयोर्क फिल्म एकेडेमीमा फिल्म अध्ययन गरेकी छन् । पारिवारिक सामाजिक कथामा बन्न लागेको फिल्मको कथा स्वयं निर्देशक पौडेलले लेखेकी हुन् । आलोक शुक्लाको छायांकन, वसन्त सापकोटा तथा एलिस कार्कीको संगीत रहने फिल्ममा सुनील क्षेत्रीको कोरियोग्राफी रहनेछ । 

कुलदिप शर्मा मुख्य सहायक निर्देशक तथा इश्वर घिमिरे निर्माण नियन्त्रक रहेको फिल्म ई–प्राइम मुभिज र अष्टलक्ष्मी प्रोडक्सन ब्यानरमा बन्नेछ । प्रशन्न पौडेल र विकास पौडेल (चितवन) फिल्मका निर्माता हुन् भने कार्यकारी निर्मातामा हिक्मत चोखल (चितवन) रहेका छन् । 
 

बुधबार, १४ फागुन २०८१, १६ : २४

प्रतिक्रिया