साल्ट ट्रेडिंग कर्पोरेशनले बोलायो ५८औं वार्षिक साधारण सभा

विहीबार, १५ फागुन २०८१, १० : ३५

काठमाडौं - साल्ट ट्रेडिंग कर्पोरेशन लिमिटेडको ५८औं वार्षिक साधारण सभा आगामी चैत १५ गते शुक्रबार बस्दैछ। सभा काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ बजेदेखि शुरू हुनेछ।

सभामा सञ्चालक समितिले निर्णय गरे बमोजिम चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश ९कर सहित० वितरणको प्रस्ताव पारितका लागि पेस गरिनेछ। साथै ऋण सुविधा लिने र प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा पीडितको लागि जम्मा गरेको राहत रकम अनुमोदन गर्ने प्रस्ताव पनि सभाका लागि तय गरिएको छ।

त्यसैगरी गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन लगायतका वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने र चालू आवको लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेस गरिनेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले चैत १ देखि १५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। बुक क्लोजको आधारमा फागुन २८ गतेसम्म कायम शेयरधनी मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।
 

 
विहीबार, १५ फागुन २०८१, १० : ३५

प्रतिक्रिया