काठमाडौं - साताको अन्तिम दिन प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २०.७६ अंकले बढेको छ । यससँगै सूचक २७८६.६५ विन्दुमा कायम भएको छ ।
बिहीबार प्रि ओपन सेसनमा १ सय १ वटा कम्पनीको ४४ हजार ६ सय ७२ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल २ सय ९७ वटा कारोबार भएको हो ।
७२ कम्पनीको मूल्य बढ्दा १९ वटा भाउ घटेको छ । बाँकी कम्पनीको मूल्यमा भने कुनै पनि उतारचढाव भएको छैन ।
प्रतिक्रिया