काठमाडौं - नेपालका राजधानी काठमाडौं विश्वकै प्रदूषित सहरको १ नम्बरमा दर्ज भएको छ ।
विश्वभरको वायु गुणस्तर मापन गर्ने वेबसाइट आईक्यूएयरका अनुसार काठमाडौंको वायु गुणस्तरलाई अत्यन्त अस्वस्थ कर देखाइएको छ । जसअनुसार वायु गुणस्तर २१४ एक्युआई छ । आईक्यूएयरको सूचीमा २०० एक्युआई भन्दा माथिको प्रदूषणलाई अत्यन्त अस्वस्थ कर राखिन्छ । जुन सूचीमा नेपाल मात्रै रहेको छ ।
आईक्यूएयरको सूचीमा दोस्रो स्थानमा भियतनामको होनाइ, तेस्रो स्थानमा पाकिस्तानको लाहोर, चौथो स्थानमा बंगलादेशको ढाका, र पाँचौं स्थानमा सेनेगलको डाकर रहेको छ। त्यस्तै, भारतको मुम्बई १० औं स्थानमा रहेको छ।

प्रतिक्रिया