मौद्रिक नीतिको समीक्षापछि नेप्सेमा उछाल, यी कम्पनीमा झुम्मिए लगानीकर्ता

विहीबार, १५ फागुन २०८१, १५ : १८

काठमाडौं - साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४९.१५ अंकले बढेर २८.०४ को विन्दुमा कायम भएको हो ।

यस दिन नेप्सेमा कारोबार भएको ३०० कम्पनीको २ करोड ६१ लाख ९९ हजार ७८० कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ३९ करोड २४ लाख १ हजार रुपैयाँको कारोबार भएको छ ।

यस दिन बजारमा वृद्धि हुँदा सबै उपसूचक हरियाली भएको छ । उक्त दिन गार्डियन माइक्रो लाइफ, अपर हेवाखोला हाइड्रोपावर, सिन्धु विकास बैंक र दोर्दी खोला जलविद्युत कम्पनीको सेयरमा सकारात्मक सर्किट लाएको छ ।

मौद्रिक नितीको समिक्षा पछि यसकारण सेयर बजारमा उछाल, सबै उपसूचक हरियाली हुँदा चार कम्पनीको सेयरमा सकरात्मक सर्किट

यी कम्पनीमा झुम्मिए लगानीकर्ता

यस दिन सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्सको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ९६ करोड ४७ लाख ३४ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको नेपाल रिइन्स्योरेन्स कम्पनीको ७६ करोड ४२ लाख ३६ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

त्यस्तै यस दिन एनआरएन इन्फ्रास्ट्रक्चरको ४६ करोड ७९ लाख ५३ हजार रुपैंया, सिंगटी हाइड्रो इनर्जीको २४ करोड २६ लाख ९० हजार रुपैयाँ, कुमारी बैंकको २० करोड ३७ लाख ६१ हजार रुपैयाँको कारोबार भएको हो ।

विहीबार, १५ फागुन २०८१, १५ : १८

प्रतिक्रिया