काठमाडौं - बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीले हकप्रद सेयर निष्कासनको प्रक्रिया अगाडि बढाएको छ। कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिँदै हकप्रद सेयर ल्याउन अनुमति मागेको हो।
धितोपत्र बोर्डले अनुमति दिएमा बुद्धभूमि नेपाल हाइड्रोपावरले हाल कायम चुक्ता पुँजी ४० करोड रुपैयाँको १०० प्रतिशत अर्थात् १ः१ अनुपातमा हकप्रद सेयर आफ्ना सेयरधनीहरूका लागि जारी गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ४० लाख कित्ता हकप्रद सेयर बिक्री खुला गर्नेछ।
हकप्रद बिक्रीपछि कम्पनीको चुक्ता पुँजी ८० करोड रुपैयाँ पुग्नेछ। बुद्धभूमि नेपाल हाइड्रोपावरको हकप्रद सेयर बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ।
प्रतिक्रिया